Logo
Logo

सूर्य नेपालद्वारा कोभिड १९ विरुद्ध लड्न ५० लाख सहयोग


दृष्टि संवाददाता


काठमाडौं । सूर्य नेपाल तनहुँले कोभिड-१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग गरेको छ । सूर्य नेपालले शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको ‘कोभिड-१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमस ३० लाख र २० लाख रुपयाँको सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमकोबीच सूर्य नेपाल तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका थिए ।
कम्पनीको मानव संसाधन प्रमुख अन्जन दुवाडिले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताए ।

कम्पनीले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कम्पनिले गत आर्थिक वर्षमा पनि म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १–१ थान एम्बुलेन्स प्रदान गरेको थियो ।

त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका विभिन्न अस्पतालहरु तथा स्थानीयबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्