एमाले बैठक आज पनि बस्दै « Drishti News – Nepalese News Portal
Logo

एमाले बैठक आज पनि बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा बैठक बस्न लागेको हो ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज अपरान्ह ३ बजे बैठक बस्ने जानकारी दिए । सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग सोमबार बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्