Logo
Logo

रोकिराखेको मोटरसाइकलमाथि पुरुषको शव भेटियो


दृष्टि संवाददाता


विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा सोमबार राति मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो ।

को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले बताए ।

शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्