Logo
Logo

अवरूद्ध लमजुङ-मनाङ सडक खुलाउन गृहमन्त्रीको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । लामो समयदेखि अवरूद्ध लमजुङ-मनाङ सडक खुलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू, गृहसचिव उपस्थित बैठकमा गृहमन्त्री खाँणले बाढीपहिरोपछि अवरूद्ध रहेको मनाङ जोड्ने सडक खुलाउन निर्देशन दिएका हुन् ।

सोमबार बसेको बैठकमा गृहमन्त्री खाँणले प्राविधिक टिम बनाएर सडक खुलाउने काम थाल्न गृहसचिवमार्फत् निर्देशन दिएका थिए । यस्तै अत्यावश्यक औषधि र खाद्यान्न ढुवानी गर्न सहजीकरण गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिएका छन् ।

वेशीसहरबाट हेलिकप्टरमार्फत् भए पनि औषधिलगायत अत्यावश्यक सामग्री मनाङमा पुर्‍याउन गृहमन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । उनले छिटोभन्दा छिटो सडक खुलाउन निर्देशन दिएका छन् । जेठदेखि नै लमजुङ जाने सडकखण्ड अवरूद्ध छ ।

प्रतिक्रिया दिनुहोस्