Logo
Logo

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


दृष्टि संवाददाता


काठमाडौं । आज बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको भने बाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्‍चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्