Logo
Logo

मुख्यमन्त्रीका ज्वाईको पावरपछि डिआइजी बढुवा रोकियो


दृष्टि संवाददाता



काठमाडौं । ‘पावर टसल’का कारण नेपाल प्रहरीको डिआइजी बढुवा रोकिएको छ । केपी ओली नेतृत्वको सरकारले ११० को टोलीबाट बढुवा गर्ने तयारी गरेकोमा पछिल्लो समय सिनियर एसएसपीलाई नै बढुवाको तयारी भइरहेको छ ।


सिनियर टोलीमा पनि तिव्र पावर टसल देखिएको छ । एसएसपी हरिराज वाग्लेले कांग्रेस नेताहरुको पावर लगाएपछि बढुवा रोकिएको हो । एसएसपी वाग्ले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका ज्वाई हुन् । मुख्यमन्त्री पोखरेलले वाग्लेको बढुवाका लागि दबाब दिएपछि बढुवा प्रक्रिया अन्तिममा रोकिएको हो । वाग्ले कार्यक्षमताका कमजोर अधिकृत मानिन्छन् ।


अर्काेतर्फबाट विगतमा आर्थिक अनियमिततामा मुछिएकी पूजा सिंहले पनि कांग्रेस नेताहरुको पावर लगाएकी छिन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै कांग्रेस निकट प्रहरी अधिकृतहरुको चुरीफुरी बढेको छ ।

प्रहरीमा हाल डिआईजीको दुई दरबन्दी रिक्त छ । सञ्चारतर्फको एक पद पनि प्रशासनतर्फ ल्याएर बढुवा गर्न लागिएको छ । तर, नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ कार्यसम्पादन मूल्याङकन गर्नुपर्ने भएकाले अब कम्तीमा एक महिनापछि मात्र बढुवा हुने सम्भावना छ ।
सइबाट इन्सपेक्टर बढुवा भने प्रहरी नियमावली संशोधनपछि मात्र हुने भएको छ । नियमावली संशोधन गरेर बरिष्ठ सइको दबरन्दी थप्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्