Logo
Logo

माधव नेपालसँग प्रचण्ड र उपेन्द्र यादवको छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार नेपाललाई भेट्न मंगलबार बिहान सवा आठ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएका छन् ।

प्रचण्ड फर्किएलगत्तै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव नेपाल निवासमा पुगेका छन् । भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन ।

स्रोतका अनुसार समसामयिक राजनीति र सरकार सन्चालनका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्