Logo
Logo

प्रचण्ड देउवालाई भेट्न बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।

प्रचण्ले आज विहान कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए । मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्