Logo
Logo

अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण


दृष्टि संवाददाता


काठमाडौं । अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी मंगलबार रकेट आक्रमण भएको छ ।

समाचार संस्था सिन्ह्वाले राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेका बेला तीन वटा रकेटले राष्ट्रपति कार्यालय परिसरनजिकै आक्रमण गरेको जनाएको छ ।

राष्ट्रपति कार्यालयनजिकै बिस्फोट भएका विवरणहरू पनि आएका छन् तर अहिलेसम्म हताहतीबारे खुलेको छैन । पछिल्लो समय अमेरिकी र नाटो सैनिकहरूले अफगानिस्तान छाडेपछि विद्रोही समूह तालिबानले आफ्नो प्रभाव बढाउँदै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्