Logo
Logo

ग्लोबल कलेजका विद्यार्थीले नेपाल लाइफमा इन्टर्न गर्न पाउने


दृष्टि संवाददाता


काठमाडाैं । ग्लोबल कलेजका विद्यार्थीले नेपाल लाइफमा इन्टर्नशीप गर्न पाउने भएका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर गर्दै विद्यार्थीले नेपाल लाइफमा इन्टर्नशीप गर्न पाउने गरी अघि बढ्ने भएका हुन् ।

दुवै कम्पनीले आपसी हितका लागि अगाडि बढ्ने गरी सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ। त्यसैगरी, जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ।

बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्