Logo
Logo

प्रतिबन्धित रेड बुल विक्री गर्ने चार जना पक्राउ


दृष्टि संवाददाता


काठमाडाैं । क्याफिनयुक्त ‘शक्तिवर्द्धक’ पेय पदार्थ रेड बुल बिक्री वितरण तथा ओसार पसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटार लगायत क्षेत्रमा निलो कलरको बोत्तलमा प्याक भएको प्रतिबन्धित रेड बुल बिक्री वितरण गरिरहेका चार जनालाई पक्राउ गरेको हो। 

सरकारले २ असार २०७६ मा राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्री वितर तथा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्