Logo
Logo

पर्सामा ३० किलो गाँजासहित ३ जना पक्राउ


189
Shares

काठमाडौं । पर्सामा ३० किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका–१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्