Logo
Logo

बिद्यार्थीको भेषमा विदेशी जासुस र धर्म प्रचारक, २ हजार विदेशीमाथि छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता


अध्ययन भिसामा नेपालमा बस्दै आएका उनीहरू धर्म प्रचारमा संलग्न रहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । ‘अध्यागमन कानुनअनुुुसार उनीहरूलाई जरिवाना गरी निष्कासन गरिनेछ,’ महानिर्देशक पौडेलले भने । रुपन्देहीको सैनामैना–१० सालझन्डीमा बस्दै आएका उनीहरूलाई धर्म प्रचार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

विभागका अनुसार मोरिटिया पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका थिए । शिक्षा संकायमा स्नातक पढ्न भनेर भर्ना गरी सोही आधारमा अध्ययन भिसा लिएका थिए । उनकी श्रीमतीले डिपेन्डेन्ट भिसा पाएकी थिइन् । पढ्न नभई नेपालमा बस्न मात्र उनी कलेज भर्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नेपाल बस्नुको उद्देश्य नै धर्म प्रचार भएको अनुसन्धानमा आबद्ध अधिकारीले बताएका छन् । भिसाको प्रयोजनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा तीन महिनाअघि कैलालीबाट जापानी पक्राउ परेका थिए ।

दुई हजार विदेशी विद्यार्थी नेपालमा
अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्या पछिल्लो वर्ष ५५ प्रतिशतले बढेको छ । एक्कासि संख्या बढेपछि अध्यागमन विभागले अध्ययन थालेको छ ।
‘गलत प्रयोजनका लागि अध्ययन भिसा लिएर विदेशी बसिहरेका छन् कि भन्ने आशंका छ,’ महानिर्देशक पौडेलले भने, ‘विदेशी विद्यार्थी कहाँ के पढिरहेका छन् भन्ने विषयमा हामीले अध्ययन थालेका छौँ ।’
सन् २०१८ मा दुई हजार १६ विदेशी (भारतीयबाहेक)ले नेपालमा अध्ययन भिसा लिएका छन् । २०१७ मा एक हजार दुई सय ९७ ले यो भिसा लिएका थिए । जापान, कोरिया, चीन, फिलिपिन्स तथा केही अफ्रिकी मुलुकका नागरिक पनि अध्ययन भिसामा बस्दै
आएका छन् ।
नेपालमा अध्ययन भिसामा रहेका विदेशीमध्ये एक सय ६४ जना विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । धेरैजसो नेपाली भाषा पढ्न भनेर भर्ना भएका छन् । यो सिजनमा भर्ना भएका एक सय ६४ जना विदेशीमध्ये एक सय ३८ जनाले नेपाली भाषा पढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्