Logo
Logo

चितवनमा शंकास्पद अवस्थामा एक युवकको शव फेला


दृष्टि संवाददाता


चितवन । चितवनमा एकजना युवकको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको हो ।

प्रहरीका अनुसार डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो ।

स्थानीयले सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान हुन बाँकी छ ।

मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्