Logo
Logo

किन आउँछ बारम्बार हाछ्युँ ? यस्ता छन् रोक्ने उपाय


दृष्टि संवाददाता



काठमाडौं । हाछ्युँ प्राय सबैलाई आउने गर्छ । कसैलाई धेरै त कसैलाई थोरै । मौसम परिवर्तनका कारण हुने एलर्जीले हामीलाई बारम्बार हाछ्युँ आउन सुरु गर्छ ।

कहिले काही हामीलाई बारम्बार हाछ्युँ आउदा टाउको दुख्ने पनि हुन्छ । हाछ्युँ आइरहनु केही रोगको लक्षणको संकेत भएको आयुर्वेद चिकित्सक बताउँछन् । हाछ्युँले नाक वा घाँटीको भित्रको दुषित पदार्थ बाहिर निकाल्छ । यो शरीरको एलर्जीबाट बच्ने स्वाभाविक प्रक्रिया हो ।

यदी कोही व्यक्तिलाई छिटो(छिटो हाछ्युँ आउछ भने त्यस व्यक्तीको रोग प्रतिरोधात्मक क्षमतामा कमि आएको हुनसक्छ । त्यसैले यस्तो बेलामा यी घरेलु उपाय अपनाई बारम्बार आउने हाछ्युलाई बन्द गर्नुहोस्

हाछ्युँ कसरी आउछ ?

हाम्रो नाकमा श्लेष्म झिल्ली हुन्छ । जसको टिश्यु र कोषहरू धेरै संवेदनशील हुन्छन् । त्यसैले कुनै पनि प्रकारको चिडचिडे वस्तु वा कडा गन्धको सम्पर्कमा आउँदा हाछ्युँ आउँछ ।

कसरी रोक्ने हाँछ्युलाई ?

अदुवा – एक चम्चा अदुवाको रसमा आधा चम्चा सक्खर (गुड़) मिलाएर दिनको दुइ पल्ट खाने । यसो गर्दा बारम्बार आउने हाँछ्यु बन्छ हुन्छ ।

दालचिनी– एक गिलास तातो पानीमा एक चम्चा मह र आधा चम्चा दालचिनीको पाउडर मिलाएर पिउने । हाँछ्युमा आराम मिल्छ ।

हिंङ –लगातार हाँछ्यु आउदा थोरै हिंङलाई विस्तारै सुङ्ने । यसो गर्दा राहत मिल्छ ।

पुदिना – एक गिलास पानीमा पुदिनको तेल वा पातलाई राखेर उमाल्ने र त्यसको बाफ लिने । यस्ले तपाईलाई राहत मिल्छ ।

ज्वानो– एक गिलास पानीमा आधा चम्चा ज्वानोर राखेर उमाल्ने । त्यसलाई मनतातो भएपछि छान्ने । छानेको ज्वानो पानीमा एक चम्चा मह मिसाएर पिउने । यस्ले बारम्बर आउने हाँछ्युलाई बन्द गर्छ ।

बेसार – एक गिलास तातो दुधमा एक चम्चा बेसार राखेर पिउने यो हाँछुयुको राम्रो उपचार हो ।

कागती – एक गिलास मनतातो पानीमा एक चम्चा मह र आधा कागतीको रस मिलाएर पिउने । यसो गर्दा हाछ्युँ तुरून्त बन्छ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्