Logo
Logo

नेप्से ३ हजार विन्दुमाथि, कारोवार रकम ११ अर्ब नाघ्यो


दृष्टि संवाददाता


काठमाडाैं । करिब डेढ महिनापछि सेयर बजार पुनः ३ हजार बिन्दु माथि पुगेको छ।

नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि ११ अर्ब नाघेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९ अंकको करेक्सन भएको बजार यस दिन करिब १९ अंक बढेको छ।

अधिकांस उपसमूह राताम्मे हुँदा पनि वित्तीय उपसमूहमा आएको हरियालीले सेयर बजार बढेको हो।

बैंकिङ समूह ३५ अंक, फाइनान्स ३८ अंक र निर्जीवन बीमा समूह पनि ३८ अंकले बढेका छन्। व्यापार समूह सर्वाधिक ८२ अंकले घट्दा जीवन बीमा समूह ३८ अंकले घटेको छ।

सिइडिबी हाइड्रोपावर, ङादी ग्रुप, पोखरा फाइानान्स र माउन्टेन हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

हिमालयन पावर पार्टनर र बरुण हाइड्रोको सेयर मूल्य ३/४ प्रतिशतले घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहँदा ८६ कम्पनीको मूल्य घटेको छ। ९१ कम्पनीको सेयर मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस्