काठमाडौं, २५ चैत । भूमिसुधार तथा मालपोत कार्यालय, राजबिराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेब मण्डल घुससहित पक्राउ परेका छन् । मोही जग्गाको बाँडफाँड गरि लगत कट्टा गर्ने प्रयोजनको लागि ४० हजार घुस लिउको अवस्थामा उनी रंगेहात पक्राउ परको हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । नासु मण्डले दुईदिनपछि अनिवार्य अवकाश पाउन लागेका थिए ।