Logo

देश दर्शन बस सेवा पुनः सुचारु


दृष्टि संवाददाता


काठमाडौं । साउन ६ गतेबाट देश दर्शन बस सेवा पुनः सुचारु भएको छ । दोस्रो निषेधआज्ञा सुरु भएपश्चात कोभिड–१९ को सन्त्रासले सम्पूर्ण सेवाहरु बन्द भएको थियो । हाल पोखरा, बुटवल, भैरहवा, सुनौली, जनकपुर र बीरगंजमा दैनिक तथा रात्रीकालीन बस सेवा सुचारु गरेको जानकारी देश दर्शन बससेवाका कार्यकारी निर्देशक श्रीकान्त आचार्य बताए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइजर गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाएको प्रालिका बजार व्यवस्थापक प्रल्हाद लोहनीले बताए । देश दर्शन बसको टिकट देशदर्शन बससेवा प्रालिको वेवसाइट, नेट पे, लक्जरियर्स ट्राभल्स र इसेवामार्फत प्राप्त गर्न सकिने उनको भनाइ छ ।

‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथमा आन्तरिक पर्यटकको वृद्धि एवं विकास गर्ने लक्ष्यका साथ बससेवा सञ्चालनमा ल्याइएको जानकारी देश दर्शन बस सेवा प्रालिका अध्यक्ष सिएन पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्