Logo
Logo

गृहलाई सर्वाेच्चको धक्का, बंशजको नागरिकता नदिनु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २५ चैत ।
जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिनु भनी सर्कुलर गरेको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । सर्वोच्चले वैशाख ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएका छ ।
यसअघि सर्वाेच्चले नै जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिन आदेश दिएको थियो । गृहको सर्कुलर विवादमा परेपछि सर्वाेच्चमा समेत रिट परेको थियो ।

प्रतिक्रिया दिनुहोस्