Logo
Logo

कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी


दृष्टि संवाददाता


तस्विर फाइल

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । शनिबार बिहान ९ बजे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।

कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । सहमहामन्त्री डा प्रकाशशरण महतका अनुसार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको थियो ।

शुक्रबारको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात आज पुनः बस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्