Logo
Logo

कोरोना संक्रमणदर बढ्न थालेपछि झापाका पालिका सिल हुँदै


दृष्टि संवाददाता



काठमाडौं । पछिल्लो समय झापामा कोरोना संक्रमणको दर पुनः बढ्न थालेसँगै स्थानीय तहले आफ्नो क्षेत्र सिल गर्न थालेका छन् । संक्रमण फैलिन नदिन भन्दै बढी संक्रमित भएको क्षेत्रहरू सिल गरेका हुन् ।

कनकाई नगरपालिकाले साउन १६ गतेसम्मलाई सिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राति १० बजेदेखि १६ गतेसम्मका लागि सिल गरेको हो । नगरपालिकाले सबै व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्न अनुरोध गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रका अनुसार नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक सेवाबाहेक सबै स्थगन गरिएको हो । अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्