Logo
Logo

देउवालाई भेटेलगत्तै माधव नेपालसँग प्रचण्डको छलफल


दृष्टि संवाददाता


तस्बिर- कान्तिपुर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

प्रचण्ड राजनीतिक सत्ता समीकरण मिलाउन दौडधुपमा छन् । मन्त्रिपरिषद् विस्तार, माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा नेताहरूबीच छलफल भएको स्रोतको भनाई छ ।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको संख्या र सहभागिताबारे प्रचण्डको अगुवाइमा छलफल जारी छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्ता गठबन्धनको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्