Logo
Logo

टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङले जितिन्


दृष्टि संवाददाता


टोकियो । टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनले जितेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् ।

प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक जिते । स्वर्ण जित्ने क्रममा याङले ओलम्पिकको २५१‍.८ अंकसहित ओलम्पिकको नयाँ कीर्तिमानसमेत राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्