Logo
Logo

जसपाका दुवै पक्षको छुट्टाछुट्टै बैठक बस्दै


दृष्टि संवाददाता



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दुवै समूहको छुट्टा छुट्टै कार्यकारिणी समितिको बैठक बस्दै छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक बबरमहलस्थित पार्टी कार्यालयमा १ बजे बस्नेछ भएको छ । भने अर्का अध्यक्ष उपेन्द्र यादव समूहको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे बस्ने तयारी छ ।

निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेको छ । त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको बुझिएको छ ।

हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा हिजो रिट दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्