Logo
Logo

गृह मन्त्रालयमा कर्मचारी हेरफेरः प्रवक्तामा पोखरेल


दृष्टि संवाददाता



काठमाडौं । नयाँ गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयमा कर्मचारीको हेरफेर थालेका छन् । जसअनुसार शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख रहने प्रवक्ता पनि फेरिएका छन् । जनकराज दाहाललाई हटाएर प्रवक्तामा फणिन्द्रमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।


पोखरेल यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । कर्मचारी प्रशासन लगायत महाशाखा पनि हेरफेर गर्न लागिएको छ । त्यस्तै, केही महत्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्