Logo
Logo

वीपीमा मदिरा काण्डः कार्यदलले मगायो सिसिटिभी फुटेज


दृष्टि संवाददाता


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले गत असार १५ गते वार्ताको क्रममा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर आएको आरोपबारे पनि छानबिन सुरु गरेको छ ।

आन्दोलनरत संघर्ष समितिले उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग प्रमुखताका साथ उठाएको थियो। संघर्ष समितिको माग बमोजिम छानबिन थालेको उच्चस्तरीय कार्यदलले प्रतिष्ठानसँग गत असार १५ गतेको सिसिटिभी फुटेज मगाएको छ । प्रतिष्ठानमा हाल देखिएका समस्याहरु पहिचान गरी समस्या समाधानको लागि गठित कार्यदललाई वार्ताको क्रममा असार १५ गते घटेको घटनाको सिसिटिभी फुटेज आवश्यक परेकोले उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रतिष्ठानलाई पत्राचार गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सिसिटिभी फुटेज माग गरेपछि आइतबार दिउँसो आन्दोलनकारी पक्षको रोहबरमा उपकुलपति र रेक्टर कार्यालयको ताला खोलेर सिसिटिभी फुटेज हेरिएको थियो ।

दुवै कार्यालयमा आन्दोलनकारीले असार १६ गते लगाएको ताला अझै खोलिएको छैन । उपकुलपतिले असार १५ गते वार्ताको क्रममा मदिरा सेवन गरेर आएको र अन्य पदाधिकारीहरु पनि जिम्मेवार रहेको भन्दै संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा भोलिपल्ट तालाबन्दी गरेका थिए ।

आइतबार प्रतिष्ठान प्रशासन, नेपाल प्रहरी, आन्दोलनरत संयुक्त संघर्ष समितिका चिकित्सक, विद्यार्थी र कर्मचारी प्रतिनिधिहरुको उपस्थितिमा उपकुलपति र रेक्टर कार्यालयको सिसिटिभी फुटेज हेरिएको थियो । दुवै कार्यालयमा असार १५ अर्थात जुन १५ तारिखको फुटेज नभेटिए पछि सोही अनुसारको मुचुल्का गरिएको थियो। संघर्ष समितिका सहसंयोजक डा।विष्णु पोखरेलले घटनाको दिनको फुटेज समयमा नै हेर्न ढिलाई गर्दा अहिले मेटिसकेको बताए ।

उनका अनुसार दुवै कार्यालयमा रहेको सिसिटिभको फुटेज २१ दिनसम्मको मात्र स्टोर रहने क्षमता भएकोले हाल उक्त घटनाको दिनको फुटेज नभेटिएको हो । ‘भिसि कार्यालयमा जुलाई ४ देखि यताको मात्र फुटेज पाइयो । रेक्टर कार्यालयमा २ तारिखदेखिको भेटियो। हामीले खोजेको जुन २१ तारिखको फुटेज मेटिइसकेको रहेछ,’ डा.पोखरेलले भने ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्