Logo
Logo

अभिव्यक्ति सच्याउँदै ओली


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन् । उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन् ।

ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए । त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ ।

पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ । देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन् । एमाले परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’ एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा पनि सहभागी हुने गतिविधि अपराध भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर पारेको उनको भनाइ थियो। यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्