Logo
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा


दृष्टि संवाददाता


तस्विर फाईल


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा आज बिहान बस्दै छ । पदाधिकारी बैठक मंगलबार बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो ।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको बताइएको छ ।

आजको बैठक महाधिवेशन केन्द्रित रहने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।१४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन । साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ ।

अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ । यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ । तर महाधिवेशनका प्रायः कार्यतालिका प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्