Logo

आज प्रतिनिधिसभाको बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने छन् ।

आइतबार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

२०४८ सालको आम निर्वाचनमा जनमोर्चा नेपालबाट सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्