Logo
Logo

माधव नेपाललाई भेटेर प्रचण्ड पुगे बालुवाटार


दृष्टि संवाददाता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान एमालेका बरिष्ठ नेता माधव नेपाललाई भेटेका छन् ।

प्रचण्ड एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास मंगलबार बिहान कोटेश्वर पुगेका हुन् । माधव नेपालसँग करिब ४५ मिनेट छलफल गरेर उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार एमालेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने, संवैधानिक आयोगहरुमा नियुक्ति र मन्त्रिपरिषदबारे छलफल गरेर प्रचण्ड प्रधानमन्त्री निवास पुगेका हुन् । प्रधानमन्त्री देउवा पनि माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउने वातावरण बनाउने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्