Logo
Logo

ओडिआई सिरिज अष्ट्रेलियाले जित्यो


दृष्टि संवाददाता


काठमाडौं । अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । अष्ट्रेलियाले तेस्रो तथा निर्णायक खेल ६ विकेटले जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

पहिलो ओडिआई अष्ट्रेलियाले १३३ रनले जितेको अष्ट्रेलियाले दोस्रो ओडिआई वेष्ट इन्डिजले ४ विकेटले जितेको थियो । ब्रिजटाउनमा भएको खेलमा वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

अष्ट्रेलियाका लागि म्याथ्यु वेडले अर्धशतक प्रहार गरे । उनले ५२ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ५१ रन बनाए । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्टन एगर १९ रनमा अविजित रहे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली वेष्ट इन्डिज अष्ट्रेलियाको बलिङ सामु खुलेर खेल्न नसक्दा ४५.१ ओभरमा १५२ रनमै अलआउट भएको थियो । ओपनर एभिन लेविसले अविजित रहँदै ५५ रन बनाए पनि अन्य खेलाडीले व्यक्तिगत रुपमा २० रन समेत पूरा गर्न सकेनन् ।

वेष्ट इन्डिजलाई अलआउट गर्न अष्ट्रेलियाली बलरले उत्कृष्ट प्रदर्शन गरे । मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । एस्टन एगरले १० ओभरमा १ मेडन राख्दै ३१ रन मात्र खर्चेर २ विकेट लिए । जोस हाजेलउडले ८ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । एस्टन टर्नरले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्