Logo
Logo

जसपाको बैठक बस्दै


दृष्टि संवाददाता



काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् ।

जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ ।

कार्यकारिणी सदस्य रामनरेश राय यादवका अनुसार यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुनेछ ।

संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्