Logo
Logo

स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।

बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् ।

नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

‘नियमित चेकजाँचका लागि उहाँ जानु भएको थियो । उहाँ राष्ट्रपति निवास फर्किसक्नु भएको छ’, मंगलबार विहान उनले भने ।

प्रतिक्रिया दिनुहोस्