Logo
Logo

सेयर बजारमा रेकर्ड, नेप्से उच्च विन्दुमा


दृष्टि संवाददाता


काठमाडाैं । नेप्से परिसूचक आज २९ दशमलव २४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे छ । गत आइतबार तीन हजार ५८ दशमलव ६४ विन्दुमा पुगेकाे नेप्से आज तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको हाे ।

सूचकसंगै कारोबार रकम पनि आज बढेको छ। आइतबार र सोमबार सवा १४ अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने सवा १५ अर्ब रुपैयाँ पुगेको हो। 

आज बैंकिङ, व्यापार, होटल एण्ड टुरिजम तथा माइक्रोफाइनान्स घटे पनि अन्य समूहका उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावरका सेयरधनीले धेरै कमाएका छन् ।

नियमित कारोबारको सुरुआती समयमा घटेर २ हजार ९ सय ९९ अंकसम्म झरेको कारोबार सूचक नेप्से केही समयपछि सम्हालिँदै एक समय ३ हजार ८६ अंकसम्म पुगेको थियो। तर बजार बन्द हुँदा भने यो ३ हजार ७९ विन्दुमा पुगेर अडिएको हो।

कुल २२५ कम्पनीको सेयर किनबेच भएकोमा ११० कम्पनीको सेयरमा लगानी गर्नेले कमाएका छन् भने ६ वटा कम्पनीको मूल्य स्थिर रहँदा बाँकी ६७ कम्पनीका लगानीकर्ताले गुमाए।

अधिकांस उपसमूह हरियो हुँदा उत्पादन समूह ३०५ अं‌कले बढेको छ। जीवन बीमा समूह २६० अंक, हाइड्रोपावर १२० अंक र फाइनान्स समूह ७१ अंकले बढेका छन्।

प्रतिक्रिया दिनुहोस्