Logo
Logo

सांसद लिङदेनलाई धम्काउने व्यक्ति पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ चैत । राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई ५० लाख रुपैयाँ माग्दै धम्काउने व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले तिलक पराजुलीलाई मंगलबार पक्राउ गरेको हो । फोनमार्फत पराजुलीले लिङदेनलाई पटक पटक धम्काएका थिए ।


उनले अन्य दुई महिलालाई समेत धम्काएको खुलेको छ । उनी मेनपावर एजेन्ट भएको खुलेको छ । १६ लाख रुपैयाँ डुबेपछि उनले पैसा कमाउन विभिन्न व्यक्तिलाई धम्काएको सिआईबीको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्