Logo
Logo

एक वर्षमा दुई हजार प्रहरी कारबाहीमा


दृष्टि संवाददाता



काठमाडौं । एक वर्षको अवधिमा नेपाल प्रहरीका करिब दुई हजार कर्मचारी पक्राउ परेका छन् । कारबाही पर्नेमा उच्च तहका प्रहरी समेत छन् ।


प्रहरी प्रधान कार्यालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७–७८ मा एक हजार नौ सय ८२ जना प्रहरीमाथि कारबाही भएको छ । गम्भीर कारबाहीमा पर्ने प्रहरीमा दुई एसपी छन् । भ्रष्टाचार गरेको आरोपमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादबलाई निलम्बन गरी चार तलबमान घटुवा गरेको थियो । अन्य केही सिनियर अफिसर पनि कारबाहीमा परेका छन् ।


साथै यो अवधिमा चार हजार चार सय ३० जना प्रहरी राम्रो काम गरेवापत पुरस्कृत भएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्