Logo

प्रभु पे र लस्कर फुड्सबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ। हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेष्टुरेण्टबाट खाना/खाजा घरसम्म समयमै पुर्याउने लक्ष्य राखेको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।

सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्समार्फत् भुक्तानी गर्न सक्नेछन्। यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पेमार्फत् भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ।

प्रभु पेबाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्रमार्फत् लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ। त्यससँगै प्रभु पे वालेटबाट लस्कर फुड्सलाई हप्ताको ३ पटक कारोबार गर्ने ग्राहकले लक्की ड्रमार्फत् आकर्षक मोबाइल फोन जित्न सक्ने लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए।

सम्झौता भएसँगै प्रभु टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विक्की शाहीले लस्कर फुड्ससँग सहकार्य गर्दा खुशी लागेको बताए। साथै प्रभु टेक्नोलोजी अन्तर्गतका विभिन्न सेवासुविधाहरु (प्रभु टिभी, प्रभु इन्टरनेट, मोमो टिभी) मा लस्कर फुड्सका प्रयोगकर्ताहरुलाई आकर्षक छुट प्रदान गरिने सम्झौता भएको छ।

लस्कर फुड्सको काठमाडाैं विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रको आधार मापन गरि सञ्चालन भइरहेको छ । हाललाई लस्कर फुड्सले खाना, खाजाको डेलिभरी चार्ज नलिने बताएको छ । ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप) बाट आफूलाई मनपर्ने खाना खाजा मगाउन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्