Logo
Logo

मोरङका एसपीको सिर्जनशील काम, ११ सय प्रहरी लाभान्वित


- दृष्टि न्युज/संवाददाता



विराटनगर, २६ चैत ।
जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारी परिवारलाई लक्षित गरी मिति २०७५ मंगलबारदेखि सहुलियत क्यान्टिन शुभारम्भ गरेको छ । जहाँ प्रहरीले सस्तोमा दैनिक उपभोग्य सामान पाउनेछन् ।


क्यान्टिनमा दाल, चालम, तेल, चाउचाउ, बिस्कुट, सर्फ, साबुन जस्ता दैनिक उपभोग्य सामाग्रीहरू राखिएका छन् । उपभोग्य सामाग्रीहरू सम्बन्धित उद्योग तथा थोक विक्रेताबाट खरिद गरी थोक मुल्यमै प्रहरी कर्मचारीहरू तथा परीवारको लागि स्वस्थवर्दक गुणस्तरीय सामाग्रीहरू प्राप्त होस् र केही मात्रामा भएपनि लाभान्वित हुन् भन्ने उद्देश्यले प्रहरी कर्मचारी तथा परिवारको निमित्त कल्याणकारी सेवा प्रवाह अन्तर्गत सहुलियत क्यान्टिनको शुभारम्भ गरिएको एसपी मनोज केसीले बताए ।


यस कार्यक्रम अन्तर्गत हाल जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरूमा कार्यरत ११५८ जना प्रहरी कर्मचारी तथा प्रहरी परीवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । प्रहरीमा पहिलोपटक यस्तो सिर्जनशील काम भएको हो ।

प्रतिक्रिया दिनुहोस्