Logo
Logo

बाघ संरक्षणमा लाग्न राष्ट्रपतिको आह्वान


दृष्टि संवाददाता


President Bidya Devi Bhandari signs

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पुर्याउने बाघलाई लोप हुनबाट रोक्न मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आह्वान गरेकी छन् ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनेकी छन् । यस वर्ष ‘बाघको अस्तित्व ्ल् मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ विश्वभरि बाघ दिवस मनाइँदैछ ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, “जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्