Logo
Logo

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्दै


दृष्टि संवाददाता


काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बिहीबार बिहान ८:३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बुधबार पनि गठबन्धनका नेताहरू छलफल गरेका थिए । मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो ।

मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका छन् । कुन पार्टीले कति र कुन-कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने बताइएको छ ।

मन्त्री छान्ने काम शीर्ष नेताहरूले पाइसकेका छन् । देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन् । मन्त्री नहुँदा सरकारको काममा प्रभावकारीता नदेखिएको गुनासो आउन थालेका छन् । गठबन्धनमा छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता एक/दुई दिनमै दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्