Logo
Logo

कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै


दृष्टि संवाददाता


तस्विर फाईल

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो ।

कांग्रेसका एक नेताका अनुसार आजको बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुनेछ । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो । सो समय बिहीबार दिउँसो सकिंदै छ ।

क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको आगामी महाधिवेशन निर्धारित मिति भदौ १६ मा नहुने निश्चित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्