Logo
Logo

अखिल फोर्सको राष्ट्रिय भेलामा माधव नेपालले सम्बोधन गर्ने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

साउन १६ गते शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए । उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने भएका छन् ।

पराजलुलीका अनुसार उक्त भेलाको तयारीस्वरुप आज उपत्यकास्तरीय विशेष भेला राखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्