Logo
Logo

सोमी अली भन्छिन्- ‘पोर्न फिल्म उद्योगमा जबरजस्ती हुँदैन’


दृष्टि संवाददाता


काठमाडौं । अभिनेत्री सोमी अलीले अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्राफी प्रकरणमा पक्राउबारे आफ्नो विचार व्यक्त गरेकी छन् ।

पोर्न फिल्म बनाएको र प्रशारण गरेको अरोप लागेको राज कुन्द्रालाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइसकेको छ ।

पोर्न एक व्यवसाय रहेको उनको भनाई छ । जो यो व्यवसाय रोज्ने गर्छन्, ‘उनीहरुलाई कसैले मुल्यांकन गर्न हुँदैन । यो व्यवसायमा संलग्न कसैलाई पनि जबरजस्ती गरिदैँन ।’

सोमीले एक समाचार च्यानललाई अन्तरवार्ता दिँदै भनिन्, ‘जब हामी पोर्न वा सेक्सको विषयमा कुराकानी गर्छौं मानिसहरु यसको विषयमा विशेष चासो दिने गर्छन् । पोर्नलाई आफ्नो व्यवसायको रुपमा चुन्ने कसैलाई पनि म जज गर्दिन । विशेषगरी, कसैलाई जबरजस्ती गरिदैँन भने यसलाई मुल्यांकन गर्न पनि उचित हुँदैन ।’

सोमीले कुनै पनि व्यक्तिलाई आफ्नो व्यवसाय चुन्ने निजी अधिकार हुने भएकाले कसैले उनीहरुको बारेमा बोल्ने अधिकार नभएको बताएकी छन् ।

उनले यौन शिक्षा दिनुपर्ने समय आएको भन्दै वेभ सिरीजमा देखाउने इन्टिमेट सीन र बोल्ड सिनको विषयमा पनि आफ्नो राय व्यक्त गरिन् । उनले आर्टलाई वास्तविक देखाउन आवश्वक भएकाले विभिन्न प्रकारका सिनहरु देखाउन आवश्यक भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्