सचिव बढुवामा तीन सहसचिवको सिफारिस « Drishti News – Nepalese News Portal
Logo

सचिव बढुवामा तीन सहसचिवको सिफारिस


दृष्टि संवाददाता



काठमाडौं ।
सचिवको रिक्त पदमा तीन सहसचिवको सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठ सहसचिवहरु हरि प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको सिफारिस गरेको हो । उनीहरुमध्ये मैनाली पहिलो नम्बरमा भएकाले उनको नै बढुवा हुने सम्भावना छ ।


लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बैठकले बढुवा सिफारिस गरेको हो । सरकारले सचिवको बढुवासँगै सरुवाको पनि तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्