Logo
Logo

नेप्से १५ अंकले घट्दा कारोवार रकममा पनि गिरावट


दृष्टि संवाददाता


काठमाडाैं ।  नेप्से परिसूचक आज १५ दशमलव ११ अंकले घट्दै ३ हजार ७९ दशमलव ८३ विन्दुमा रोकिएको छ ।

आज कारोबार रकममा पनि गिरावट आयो । २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेचमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ कारोबार भयो ।

साताभरी ३ दिन बढेर नयाँ नयाँ रेकर्ड बनाएको बजार अन्तिम दिन भने १५ अंकले घटेर ३०७९ बिन्दुमा बन्द भएको छ।

लामो समय सम्म ४/५ अर्ब रुपैयाँमा झरिसकेको कारोबार रकम यसै साता मात्रै १५ अर्ब रुपैयाँ नाघेको थियो। तर अन्तिम दिनको कारोबार रकम भने फेरी १० अर्बकै लाइनमा आएको छ।

२१७ कम्पनीको सेयर किनबेच भएकोमा ५९ कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

बिहीबार देखि मात्रै कारोबारमा आएको जीवन बिकास लघुवित्त र रिडि हाइड्रोपावरको सेयर मूल्य ८/९ प्रतिशतले बढेको छ। माउनटेन हाइड्रो र गुडविल फाइनान्सको सेयर मूल्य ६/७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्