Logo
Logo
काेराेना संक्रमण बढ्दै

अस्पतालका बेड भरिन थाले, संक्रमणमुक्त हुने घटे


दृष्टि संवाददाता


दृष्टि फाइल

काठमाडाैं । सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएसँगै दैनिक कोरोना संक्रमितको संख्या बढेको छ भने सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क हेर्दा सङ्क्रमणमुक्त हुने दर क्रमशः घट्दै गएको हो ।

निषेधाज्ञा खुकुलो भएसँगै बढेको मानिसको चहलपहलले कोरोना संक्रमणको दर उकालो लाग्न थालेको छ। संक्रमितको संख्या बढेसँगै पुन: सरकारी अस्पतालको बेड भरिन थालेका छन्।

साउन १० गते ९४ दशमलव ६ प्रतिशत अर्थात दुई हजार ५०, साउन ११ गते ९४ दशमलव ५ प्रतिशत अर्थात एक हजार ६ सय ८५, साउन १२ गते ९४ दशमलव ४ प्रतिशत अर्थात एक हजार ७ सय ७८, साउन १३ गते ९४ दशमलव ३ प्रतिशत अर्थात एक हजार ९ सय ९३ र साउन १४ गते एक हजार ३७३ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ३६५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या बढेसँगै अस्पताल भरिन थाल्दा सरकारले अनुमान गरे भन्दा अघि नै तेस्राे लहर फैलने चिन्ता सुरू भएकाे छ । प्रदेशका कितपय अस्पतालमा याे संख्या बढ्दै गएकाे छ भने भर्ना भएका बिरामी गम्भीर अवस्थामा पुगेका छन् । अक्सिजन बढी खपत हुन थालेकाे छ ।

जनस्वास्थ्यविदहरूले समेत मास्ककाे प्रयाेग र सामाजिक दूरी कायम नगरे यसले विकराल रूप लिने चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्