Logo
Logo

बैदेशिक रोजगारका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ चैत ।
वैदेशिक रोजगार विभाग, बुद्धनगरका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । राप्ती प्लेसमेन्ट सर्भिस प्रा.लि. बसुन्धाराका संचालक रविन्द्र अधिकारी विरुद्ध विभागमा विचाराधिन रहेको वैदेशिक रोजगार सम्वन्धी मुद्दालाई सहजीकरण गरिदिने भन्दै घुस लिएका थिए। जसमा संलग्न शाखा अधिकृत जगतबहादुर बोहरा र नासु रामकुमार फयाँलविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।


गत ७ चैतमा फुयाँलाई आयोगले ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा शाखा अधिकृत बोहराको समेत त्यसमा संलग्नता खुलेपछि उनी समेत पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्