Logo
Logo

सशस्त्र प्रहरीमा चिफ इन्सपेक्टर पद राखिने


दृष्टि संवाददाता



काठमाडौं । सशस्त्र प्रहरी बलमा इन्सपेक्टर र डिएसपीको बीचमा नयाँ पद थप हुने भएको छ । इन्सपेक्टरबाट डिएसपी बढुवामा वर्षाै लाग्ने समस्याको समाधानका लागि नयाँ पद थप्न लागिएको हो ।


सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा यससम्बन्धि प्रस्ताव गरिसकेको छ । गृहमन्त्री बालकृष्ण खाणले त्यसमा सहमति जनाएपछि सशस्त्र प्रहरी नियमावली संशोधनका लागि गृहकार्य अघि बढेको छ ।


२०६२ सालमा भर्ना भएका इन्सपेक्टरहरु अझै डिएसपी हुन सकेका छैनन् । डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएपछि नियमावली संशोधनमार्फत समस्या समाधान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्