Logo
Logo

भारतमा फेरि बढ्न थाल्यो संक्रमण, नेपाललाई पनि जोखिम


दृष्टि संवाददाता



काठमाडौँ । भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । दैनिक लाखौंले खोप लगाइरहँदा पनि संक्रमण बढ्न थालेको हो ।
गएको मंगलबार भारतमा ३० हजार भन्दा कम संक्रमित फेला परेका थिए। तर त्यसपछिका दिनमा फेरि संक्रमित बढ्न थालेका हुन् ।


पछिल्लो २४ घण्टामा ४४ हजार २ सय ३० संक्रमित थपिएका हुन्। यो अवधिमा ४२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् भने ५५५ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
योसँगै अहिलेसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १५ लाख ७२ हजार भन्दा धेरै पुगेको छ।

ती मध्ये ३ करोड ७ लाख ४३ हजार भन्दा धेरै निको भएका छन् भने ४ लाख २३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
अहिलेसम्म भारतमा आफ्ना ४५ करोड ६० लाख ३३ हजार भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ। भारतमा संक्रमण बढ्दा त्यसको असर नेपालमा पनि पर्न सक्ने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि पछिल्लो एक साता संक्रमण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्