Logo
Logo

एमाले पार्टी कार्यालयमा खीर खान निम्तो


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको जानकारी दिए ।

तामाङका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए ।

नेपालमा किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन छ ।

प्रतिक्रिया दिनुहोस्